Sagun Khabar
पर्यटन प्रबर्द्धन मा स्थानीयतह चुके पछि पर्यटन क्षेत्र बेवारिसे 

बैतडी – प्राकृतिक सुन्दरताले श्रृङ्गारिएको बैतडी पर्यटन र इतिहासका दृष्टिकोणले महत्वपूर्ण रहेको जिल्ला भएपनि प्रचारप्रसार र पर्यटकीय स्थलको संरक्षण अभावमा संगै पर्यटन प्रबर्द्धन मा स्थानीयतह चुके पछि बैतडी को पर्यटन क्षेत्र बेवारिसे बनेको छ । शान्ति र विश्राम खोज्न जसरी सूर्य पूर्वबाट उदाएर पश्चिमको गन्तव्य खोज्दछ त्यसै गरी आनन्दको परिसीमा चुम्न खोज्ने पर्यटनको अन्तिम गन्तव्य बैतडी भएपनि स्थानीयतह र सरोकारवाला निकायले पर्यटन प्रबर्द्धन गर्ने ठोस नीति र चोसो दिन नसक्दा बैतडी का पर्यटकीय स्थल बेवारिसे हुन पुगेका छन । 

 

बैतडी जिल्लाको प्रवेश द्वार खोड्पेमा चियाको लागि बसबाट ओर्लिदै देखिने पश्चिमी उत्तरको हिमाली मुस्कान बाट प्राकृतिक सुन्दरताका पारखीहरुलाई बैतडी ले आफ्नो सिमाना मा स्वागत गर्ने गर्छ । मुस्कुराइरहेका पश्चिमी हिमाल संगै रमाइरहेका प्रकृति पारखीहरुलाई खोड्पेबाट आधा घण्टाको सर्प हिडेजस्तो ओरालो सडकले पारिपट्टी चिनापुरी फल्ने पाटन मिनि उपत्यका देखाउछ । चिनापुरी फल्ने मिनि उपत्यका नियालेर  छेउमा हेर्दा, सुनर्याले बगाएको गङ्गा को सर्प स्वरुप संगै पाटन बजार अनि बैतडी विमानस्थल पाटन देखिन्छ। 

Atrya hospital


मिनि उपत्यका नियाल्दा नियाल्दै खोड्पे बाट ओरालो लागेको यात्रा पाटन बजार पुग्दा पाटन विमानस्थल संगै सल्लाहरुले घेरेको प्राचिन उदयदेव मन्दिर को दर्शन गरिन्छ । उदयदेव मन्दिर को दर्शन पछि बैतडी सदरमुकाम को लागि उकालो यात्रा गर्नु पर्छ । आधा घण्टा को उकालो यात्रापछि, प्रकृतिको अनुपम कला पहाडको टुप्पोका पत्तालभुमेश्वर ताल अनि ताल को छेउमा शिवमन्दिर र दुईवटा विशाल गुफा ले प्रकृति प्रेमी लाई रचनाकर्ताको तपस्थली भेटाएको अनुभव गराउदछ । 

रचनाकर्ताको तपस्थली भेटाएको अनुभव गराउने पत्तालभुमेश्वर को दर्शन अवलोकन पछि सिउडे हुँदै पश्चिम तिर केही पर बैतडीको विशेष पहिचान झलकाएको सतबाझका स्याउ ले पर्खिरन्छन् । सतबाझ को अग्लो डाडा मा स्याउ खादै चौतर्फी नियालीरहदा भारत को पिथौरागड, बैतडी का अधिकांश ठाउँ का अग्ला चुचुरा , रौलादीपर्वत संगै दार्चुला र बझाङ का हिमाल लाई नजिक बाट नियालन सकिन्छ । सतबाझ को स्याउ को स्वाद लिदै चिसो मौसम अनि सुन्दर प्रकृति ले दक्षिण पश्चिमतिरको नाग मल्लका पालाको प्राचीन महारुद्र मन्दिर संगै बिस्तारै उकालो ओरालो यात्रा ले देहिमाण्डौ पुगाउने गर्छ। देहिमाण्डौ पुगेपछि नेपालकै प्रसिद्ध निङ्लाशैनी भगवती मन्दिर को दर्शन संगै निङ्गलाशैनी माइको काखमा जन्म दाता सृष्टि कर्ता को न्यान्यो आभास गराउदछ । प्रतेक बर्ष लाखौ को संख्या मा भक्तजनहरु ले दर्शन गर्ने सुन्दर प्रकृतिमा अवस्थित निङ्लाशैनी भगवती मन्दिरमा अजयमेरु कोटका राजाले चडाएको ऐतिहासिक घण्ट लगायत प्राचीन महत्व झल्काउँने अदभूत बिशाल दाइन दमाह लगायत थुप्रै चिजवस्तु देख्न पाइन्छ । 


निङ्गलाशैनी भगवती को दर्शन संगै को यात्रा बाट पश्चिम मा हेर्दा बैतडीको भु स्वर्ग ग्वाल्लेक केदार पर्वत को दर्शन हुन्छ । घना जङ्गल त्रिशुलजस्ता देखिने पहाड, समुद्री सतहदेखि २७०० मिटर उचाइबाट रहेको ग्वाल्लेक केदार पर्वत बाट बैतडी, दार्चुला, डडेलधुरा लगायत भारतको पिथौरागड का भु भाग को दृश्य अवलोकन गर्न सकिन्छ । दुर्लभ पशुपन्छी र जडिबुटीको भण्डार ग्वाल्लेक केदारको दर्शन गरे चारधाम गर्नु आवश्यक हुँदैन भन्ने धार्मिक आस्था रहेको छ । घना जङ्गलले भरिएको ग्वाल्लेकमा कोयली को सङ्गीतसँगै रसिला काफल र अन्य वनफलहरु का साथै आफ्नै तालमा रमाइरहेका मृगहरुको सुन्दरताको आनन्द लिन पाइन्छ । 


ग्वल्लेक केदारको पर्वत निङ्गलाशैनी भगवती को दर्शन संगै जिल्ला सदरमुकाम बैतडी को गडि का लागि यात्रा देहिमाडौ हुँदै ओरालो लागे पछि कठपते बाट सदरमुकाम गडि र साहिलेक लाई नियाल्दै कठपते को चिसो पानी को प्राकृति रस संगै साहिलेक पुगिन्छ । साहिलेक बाट बैतडी सदरमुकाम जिल्ला को टाकुरा मा रहेको गडि र सदरमुकाम गडि को टुप्पोमा रहेको जगन्नाथ मन्दिर को दर्शन संगै मन्दिर परिसर बाट नेपाल भारत का विभिन्न भु - भाग को दृश्य अवलोकन गर्न सर्प हिडेजस्तो यात्रा गोठलापानी बजार बाट उकालो लाग्ने गर्छ । 

जिल्ला सदरमुकाम गडि को लागि उकालो लागेको यात्रा जिल्ला प्रशासन कार्यालय बैतडी नजिक रहेको पिपल बोट मुनि श्वास फेर्न ठिक्क हुन्छ । यात्रा को आनन्द संगै ओकालो को थकान अनि गहकिला गफ गर्दै गर्दा  सदरमुकाम गडि पुगिन्छ । सदरमुकाम गडिमा बातमार्दै गर्दा छेउमा रहेका जगन्नाथ ले पिता को मोह प्रकट गर्दै आफ्नो काखमा बोलाउने गर्छन । जिल्ला को प्रवेश द्वार खोडपेको सिमाना बाट सर्प हिडेजस्तो उकालो ओरालो यात्रा सदरमुकाम गडि संगै जगन्नाथ को काखमा पुगे पनि बैतडी का धार्मिक ऐतिहासिक संगै पर्यटकीय स्थल शक्ति पिठ का दिब्य धाम को यात्रा भने अझै अधुरो रहन्छ ।  


बैतडी का धार्मिक ऐतिहासिक संगै पर्यटकीय स्थल शक्ति पिठ का दिब्य धाम को दर्शन संगै प्रकृति पथको अदभूत यात्रा पूरा गर्न जिल्ला को तल्लो स्वराडको मेलौली भगवती, गणमेश्वर, देवताल, इश्वरी गङ्गा, दशरथ नगरपालिका मा रहेको त्रिपुरा सुन्दरी भगवती, देवलहाटका प्रचीन देवलहरुको रहश्यमय कलाकृति, डिलाशैनी मा रहेको डिलाशैनी भगवती, पाटन नगरपालिकामा रहेको बाइसताल बनारसी, सहश्रलिङ्ग, महारुद्र , सुर्नया मा रहेको रौलादी पर्वत रौलाकेदार , सिगास गाउँपालिका को सिगास धुरा धाम , महाकाली नदि, पञ्चेश्वर चमेलिया नदि लगाय थुपै पर्यटकीय स्थल र शक्ति पिठ का दिब्य धाम को दर्शन र अवलोकन गर्नु पर्छ । 

यस्तै तत्कालीन ऐतिहासिक विभिन्न राजाहरुका कोट लगायत थुप्रै तालतलैया र महाकाली, चमेलिया नदीको अनुपम सुन्दरता ले सबै को हृदय मा मन छुने चित्रहरु स्थापित गरिदिएको छ । प्राचीन कुराको ऐतिहासिक महत्व थाहा नपाएर पुराना पुराना कथन जोडिएका धार्मिक पर्यटकीय स्थल बैतडी का विभिन्न ठाउँमा बेवारिसे भएर यत्रतत्र छरिएका छन । यत्रतत्र छरिएका ऐतिहासिक पुराना तत्वहरु को संरक्षण र प्रचारप्रसार संगै पर्यटन प्रबर्द्धन गर्न सकेमा बैतडीको  पर्यटन क्षेत्रले देशकै अर्थतन्त्रमा ठुलो भूमिका खेल्न सक्थ्यो ।
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update