काठमाण्डौं – नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले नेपाल भाषा परिषद्को भवन उद्घाटन गरेका छन् ।
भूकम्पपछि भारतको अनुदान सहयोगमा सो भवन निर्माण भएको हो । सचिव मिस्रीको नेपाल भ्रमणको अवसरमा भवनको उद्घाटन गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
विदेश सचिव मिस्री आइतबार नेपाल भ्रमण आएका हुन् । बिहान नेपाल आइपुगेका उनी भारतीय दूतावासमा वृक्षारोपणका साथै कर्मचारीहरूसँग छलफल पनि गरेका छन् ।
आइतबार नै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गर्ने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१ १५:२५
प्रतिक्रिया दिनुहोस्