बझाङ –बझाङमा सुख्खा पहिरोमा परेर एक वृद्धको मृत्यु भएको छ । केदारस्यूँ गाउँपालिका वडा नम्बर–८ सिलङ्गी घर भएका ७१ वर्षीय रामप्रसाद जोशीको आइतबार घर नजिकै खसेको सुख्खा पहिरोमा परेर मृत्यु भएको हो ।
आइतबार दिउँसो करिब ३ बजे घरमाथिको जंगलमा दाउरा काट्न गएका बेला जोशीलाई एक्कासी खसेको ढुंगासहितको सुख्खा पहिरोले बेपत्ता बनाएको केदारस्यूँ गाउँपालिका–८ का वडा अध्यक्ष सुरेशबहादुर जेठाराले जानकारी दिए ।
आइतबार दिउँसो ३ बजेबाट पहिरोमा परि बेपत्ता भएका जोशीको शव सोमबार बिहान फेला परेको वडा अध्यक्ष जेठाराले बताए ।
मृतक जोशीका छोराहरु भारतमा भएकाले मंगलबार मात्रै उनको अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१ ०९:२४
प्रतिक्रिया दिनुहोस्