Sagun Khabar
अभद्र व्यवहार र जुवा मुद्दामा फरार ६ जना पक्राउ 

डडेल्धुरा –अभद्र ब्यवहार र जुवा मुद्दामा फरार डडेल्धुराका ६ जना पक्राउ परेका छन् । 

अभद्र व्यवहार मुद्दामा ३ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएका अमरगढी नगरपालिका–५ बस्ने ४२ वर्षीय तिर्थ भण्डारी, जुवा मुद्दामा ५ हजार जरिवाना तोकिएका  अमरगढी नगरपालिका–२ बस्ने ४१ वर्षीय तेजबहादुर ऐर, जुवा मुद्दामा ५ हजार जरिवाना तोकिएका अमरगढी नगरपालिका–१ बस्ने ३९ वर्षीय पुर्ण दमाई पक्राउ परेका छन् । 

Atrya hospital

यस्तै जुवा मुद्दामा ५ हजार जरिवाना तोकिएका परशुराम नगरपालिका–१२ बस्ने ३५ वर्षीय नरेन्द्रबहादुर थापा, जुवा मुद्दामा ३ हजार जरिवाना तोकिएका परशुराम नगरपालिका–४ बस्ने ४४ वर्षीय टेकबहादुर बोहरा, जुवा मुद्दामै ५ हजार जरिवाना तोकिएका दाङको तुल्सीपुर उपमहानगरपालिका–७ बस्ने ४० वर्षीय रोमहर्ष भण्डारी पक्राउ परेका प्रहरीले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय डडेल्धुराको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका ६ जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update