Sagun Khabar
डोटीमा बस दुर्घटना, १७ जना घाइते 
Atrya hospital

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भिमलाल भट्टराईले जानकारी दिए । 

दुर्घटनामा घाइते भएकाहरूको राजपुरमा रहेको सुजङ अस्पतालमा उपचार भइरहेको छ ।

बस सडकबाट करिब ३५ मिटर तल खसेको छ । उकालो सडकमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update