Sagun Khabar
२० वर्षमुनिको साफ च्याम्पियनशिप, बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेता

काठमाण्डौ – २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपाल समूह ’ए’ को विजेता बनेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपालको जितमा खेलको १७औं मिनेटमा समिर तामाङ र १९ औं मिनेटमा अबिनाश स्याङ्तानले गोल गरे । बङ्गलादेशका इस्लामले खेलको ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

Atrya hospital

यो जीतसँगै नेपालले २ खेलमा ६ अङ्क जोडेको छ । बङ्गलादेशको २ खेलमा ३ अङ्क छ । नेपाल र बङ्गलादेश यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । यो समूहको श्रीलङ्का भने लगातार दुई खेलमा हार बेहोर्दै समूह चरणबाटै बाहिरिइसकेको छ ।

प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा भोलि समूह ’बी’ का भारत र माल्दिभ्स खेल्दैछन् । यो खेलबाट सेमिफाइनल समीकरण पूरा हुनेछ । यो समूहको अर्काे टोली भुटानले पनि अन्तिम चारमा पुग्ने सम्भावना कायमै राखेको छ । सेमिफाइनलमा एउटा समूहको विजेताले अर्काे समूहको उपविजेतासँग खेल्नेछ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update