Sagun Khabar
जनताका मुद्दालाई प्राथमिकतामा राख्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं– गृहमन्त्री रमेश लेखकले जनताका मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले जनताको मुद्दालाई प्राथमिकतामा राख्दा प्रहरीको मुद्दा पनि सँगै समावेश हुने बताए ।
‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दालाई प्राथमिकता दिनुपर्यो । जनताको मुद्दालाई प्राथमिकता दिँदा आफ्नो मुद्दा पनि आइहाल्छ,’ उनले भने ।

Atrya hospital

सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको गृहमन्त्री लेखकले जानकारी दिए । नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ र जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउनेमा विश्वस्त रहेको उनले उल्लेख गरे । 

आर्थिक, राजनीतिक र विकास निर्माणका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको उनले प्रष्ट पारे । 
 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update