बैतडी–बैतडीमा सर्पले डसेर एक युवक घाइते भएका छन् ।
जिल्लाको पाटन नगरपालिका–५ कुलाडाका २८ बर्षीय मनोजसिंह ठगुन्नालाई सर्पले डसेको हो ।
मंगलबार बिहान साढे ५ बजे गौराघरबाट आफ्नो घर जाँदै गरेका ठगुन्नालाई बाटोमा सर्पले डसेको हो । ठगुन्नाको जिल्ला अस्पतालमा बैतडीमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्थानीय ललितसिंह ठगुन्नाले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ ०९:३३
प्रतिक्रिया दिनुहोस्