Sagun Khabar
गौराको अवसरमा बैतडीको सुर्नया–६ मा देउडा कार्यक्रम 

बैतडी–गौरा पर्वको अवसरमा बैतडीको सुर्नया गाउँपालिका–६ रीगामा देउडा कार्यक्रम सञ्चालन भएको छ । श्री भूमीराज उदयदेव ड्यौडा संस्कृति जगेर्ना समितिको आयोजनामा मंगलबारदेखिदेउडा कार्यक्रम सञ्चालन भएको समितिका सचिव गणेशबहादुर कुँवरले बताए । 

देउडा कार्यक्रममा सिगासका ड्यौडिया रामसिंह धामी र मनिषा धामी, दोगडाकेदारका ड्यौडिया कमला बिष्ट, डिलाशैनीका ड्यौडिया लक्ष्मी बोहरा, पुर्चौंडीका ड्यौडिया रामसिंह बिष्ट र कृष्णसिंह रतोकीको सहभागिता रहेको सचिव कुँवरले बताए । यस्तै सुर्नया ८ का ड्यौडिया शेरसिंह साउँदको पनि सहभागिता रहेको छ । 

Atrya hospital

स्थानीय संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले ड्यौडा कार्यक्रमको आयोजना गरिएको सचिव कुँवरले बताए । पश्चिमी संस्कृृति हाबी भइरहेका बेला मौलिक संस्कृृतिको जगेर्नाका लागि देउडा कार्यक्रमको आयोजना गरिएको कुँवरले बताए । 

देउडा कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको छ । भोलिसम्म सञ्चालन हुने ड्यौडा कार्यक्रममा ड्यौडियाहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको सचिव कुँवरले बताए । उनले भने ‘हामीले स्थानीय संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेका हौं । कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको छ ।’

आगामी बर्षदेखि देउडा कार्यक्रमका साथै ठाडो खेल, ढुस्को, धमारी समेत आयोजना गर्ने सोच बनाएको सचिव कुँवरले बताए । पुरानो र मौलिक संस्कृतिसंग युवा पुस्तालाई जोड्नका लागि आफूहरुले काम गर्ने उनले बताए । 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update