Sagun Khabar
प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त 
Atrya hospital

काठमाण्डौं–नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले २४ भदौदेखि लागू हुने गरी उनलाई प्रधान सेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा समाप्त हुँदैछ । कार्यकाल समाप्त हुनु एक महिनाअघि उनी बिदामा बसेकाले हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update