Sagun Khabar
स्थिरताका लागि कांग्रेस र एमालेको सरकार : परराष्ट्रमन्त्री राणा 

कैलाली –नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्थिरताका लागि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएकोे बताएकी छिन् । कैलालीको धनगढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राणाले यस्तो बताएकी हुन् । 

देशमा देखिएको संकट समाधानका लागि ठूलाको दलको सरकार बनेको बताउँदै मन्त्री राणाले विकासको गति र समृद्धि चाहना पूरा गर्न दुई दल मिलेको बताइन् । 

Atrya hospital

अहिलेको सरकारको एउटा उद्देश्य संविधान संशोधन पनि भएको मन्त्री राणाले बताइन् । संविधानका मूलभुत सिद्धान्त परिवर्तन नहुने उनले दाबी गरिन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले अब महिला प्रधानमन्त्री बनाउने कुराको बारेमा पत्रकार सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री राणाले कांग्रेसबाट अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै भएको उनले बताइन् । उनले भनिने ‘हाम्रो पार्टीबाट प्रधानमन्त्री हुन संसदीय दलको नेता हुनुपर्छ । मेरो पार्टीभित्र मेरो हैसियतको बारेमा मलाई राम्ररी थाहा छ । प्रधानमन्त्रीजीले महिलाका लागि राम्रो कुरा गर्नुभएको छ ।’

परराष्ट्रमन्त्री बनेको छोटो समयमै नेपाललाई सबै देशले सहयोग गर्न चाहेको कुरा आफूलाई लागेको मन्त्री राणाको भनाई थियो । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update