Sagun Khabar
पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिकाको मृत्यु 

पाँचथर – पाँचथरको फालेलुङ ५ मा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका चार जनामध्ये दुई जना बालबालिकाको मृत्यु भएको छ । हिजो दिउँसो भएको विष्फोटमा स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र अढाई वर्षकी छोरी प्रिन्सा साँवा गम्भीर घाइते भएका थिए ।

उनीहरुको पाँचथर अस्पतलामा उपचार सम्भव हुन नसकेपछि थप उपचारका लागि झापा रेफर गरिएको थियो । थप उपचारको लागि झापातर्फ लैजाँदै गर्दा प्रिन्साको राति बाटोमै मृत्यु भएको र ११ वर्षीय दिप्सनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथर प्रमुख डिएसपी हेमन्त भण्डारीले बताए ।

Atrya hospital

९ वर्षीय पवन राईको पाँचथर अस्पतालमा नै उपचार भइरहेको छ । घटनामा ७ वर्षीय दिपशा राई सामान्य घाइते भएकी र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । बालबालिका खेलिरहेका बेला ठूलो आवाजमा केही पड्किएको सुनेपछि भेला भएका स्थानीयबासिन्दाले बालबालिकालाई घाइते अवस्थामा भेटेका थिए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रमुख भण्डारीले बताए । घटनास्थलमा अर्को एउटा शङ्कास्पद वस्तु समेत भेटिएकाले डिस्पोजका लागि आज बिहान नेपाली सेनाको टोली त्यसतर्फ गएको पनि भण्डारीले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update