Sagun Khabar
अवरुद्ध पाटन–पञ्चेश्वर सडक सुचारु 
Atrya hospital

बैतडी–पहिरोका कारण अवरुद्ध बनेको बैतडीको पाटन–पञ्चेश्वर सडक सुचारु भएको छ । पाटन नगरपालिका वडा नं ५ अर्तोला नजिकै शुक्रबार बिहान ९ बजेतिर पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको थियो । 

पाटन नगरपालिकाको जेसीबीले सडकमा खसेको पहिरो पन्छ्याएपछि आज साँझ ५ बजेदेखि सडक सुचारु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । 

सडक सुचारु भएसंगै जिल्लाको तल्लोसोराड जाने र तल्लोसोराडबाट अन्यत्रका लागि छुटेका सवारी साधन सञ्चालनमा आएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update