Sagun Khabar
बाढी र पहिरोले पोल ढलेपछि सुर्नयाका विभिन्न स्थानमा विद्युत अवरुद्ध 

बैतडी–बिहीबार रातिको बर्षाले बैतडीको सुर्नयाका विभिन्न स्थानमा विद्युतीय संरचनाहरुमा क्षति पुगेको छ । बर्षासंगै खसेको पहिरो र खोलामा आएको बाढीले विद्युत पोल ढलाएपछि सुर्नया गाउँपालिका वडा नं ४, ५ र ६ का केही स्थानमा विद्युत सेवा अवरुद्ध भएको हो ।  

पहिरोले पोल ढलेपछि सुर्नया गाउँपालिका वडा नं ४ को पालीगडा, बङसल्ला, चनेता लगायतका ठाउँमा विद्युत सेवा अवरुद्ध भएको स्थानीय समेत रहेका शिक्षक बिर साउँदले बताए । 

Atrya hospital

यस्तै वडा नं ५ को हरिचनमा पहिरोले पोल ढलेपछि विद्युत सेवा अवरुद्ध भएको छ । बिहीबार रातिको बर्षासंगै खसेको पहिरोले ठाउँठाउँमा पोल ढलेका स्थानीय चक्र मडैले बताए । 

यस्तै वडा नं ६ को घोगेडा खोलामा आएको बाढीले पोल ढलाउँदा घोगेडामा पनि विद्युत सेवा अवरुद्ध भएको स्थानीय जगदीश कुँवरले बताए । 

वडा नं ४ मा अवरुद्ध भएको विद्युत सेवा सुचारु गर्नका लागि भोलि विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रबाट टोली पुगेर काम गर्ने बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । 

वडा नं ५ को हरिचन र वडा नं ६ को घोगेडामा विद्युतीय संरचनाहरुमा व्यापक क्षति भएकाले विद्युत सुचारु हुन केही दिन लाग्ने उनले बताए । ती ठाउँहरुमा पोलहरु नै सार्नुपर्ने, कतिपय ठाउँमा नयाँ पोलहरु राख्नुपर्ने अवस्था देखिएकाले विद्युत सेवा सुचारु हुन केही दिन लाग्ने उनले बताए । क्षति पुर्याएका ठाउँमा प्राविधिक खटाएर त्यहाँको अवस्थाका बारेमा जानकारी लिने प्रयास भइरहेको पौडेलले बताए । 
 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update