Sagun Khabar
सिद्धपुर बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन्न

बैतडी- बैतडीको सिद्धपुर बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैतडीको पाटन नगरपालिका १० स्थित सहकारी संस्थाको साधारण सभा शनिबार सम्पन्न भएको हो । 

सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष प्रजापति पन्तको अध्यक्षतामा भएको बार्षिक साधारण सभामा पाटन नगरपालिका वडा नं १० का वडा अध्यक्ष धनबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए । त्यस्तै सभामा वडा सदस्य पदम राज पन्त, महालक्ष्मी साना किसान कृषि सहकारीका अध्यक्ष अर्जुन कुँवर र सिद्धपुर बीउ प्रवद्र्धन सहकारी संस्था लिमिटेडका अध्यक्ष उद्धवराज पन्त बिशिष्ट अतिथी रहेका थिए । 

Atrya hospital

साधारण सभामा सिद्धपुर बचत तथा ऋण सहकारी संस्थाले २०८०÷०८१ को असार मसान्त सम्म १ करोड ९० लाख २३ हजार ५ सय २ रुपैंयाको कारोबार गरेको संस्थाका व्यवस्थापक अर्जुनदेब भट्टले जानकारी दिए । संस्थाले अहिले १ करोड ३७ लाख ५९ हजार रुपैंया ऋण लगानी गरिसकेको भट्टले बताए । सस्थांमा सेयर पुजीँ १० लाख ३७ हजार नौ सय रुपैंया रहेको र सस्थाले पाचँ लाख २६ हजार ७३५ रुपैंया खुद नाफा कमाएको व्यवस्थापक अर्जुनदेब भट्टले जानकारी दिए ।

६ सय ७५ जना शेयर सदस्य रहेको सहकारीले नियमित बचत, बाल बचत, ऐच्छिक बचत र मासिक बचत कार्यक्रम सञ्चालन गर्दै आएको छ । बार्षिक साधारण सभामा सहकारी संस्थाका शेयर सदस्यका साथै अन्य सरोकारवालाहरुको पनि उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update