Sagun Khabar
रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा धनगढीका एकजनाको मृत्यु 
Atrya hospital

कैलाली –कैलालीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको जनाको मृत्यु भएको छ ।

आइतबार गोदावरी नगरपालिका – १ धनगढी रोडमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालक धनगढी उपमहानगरपालिका २ भन्सार रोडका  २९ वर्षीय कैलाश थापाको मृत्यु भएको हो । 

६ लेन सडक छेउमा रोकिएको ना ४ ख ९६३ नम्बरको ट्रकमा से ५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भिर घाइते भएका थापालाई सेती प्रादेशिक अस्पतालमा पुर्याइएको थियो । उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update