Sagun Khabar
पुर्चौंडी बहुमुखी क्याम्पसको प्रमुखमा भण्डारी नियुक्त 

बैतडी–बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा उपप्राध्यापक विनोदसिंह भण्डारी नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको बैठकको निर्णय अनुसार भण्डारीलाई क्याम्पस प्रमुख पदमा नियुक्त गरिएको हो । 

यसअघिका क्याम्पस प्रमुख रामदत्त जोशीको कार्यकाल सकिएपछि अबको ४ बर्षका लागि भण्डारी क्याम्पस प्रमुख पदमा नियुक्त भएका हुन् । 

Atrya hospital

नेपाली बिषयमा स्नातोकोत्तर गरेका भण्डारी वि सं २०६९ सालदेखि पुर्चौंडी बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका छन् । आफ्नो कार्यकालमा क्याम्पसलाई नयाँ उचाईँमा पुर्याउने हिसाबले काम गर्ने क्याम्पस प्रमुख भण्डारीले बताए । 

पुर्चौंडी क्षेत्रको एकमात्रै क्याम्पस भएकाले यसलाई नमूनाको रुपमा अगाडि बढाउन आफू क्रियाशील रहने भण्डारीले बताए । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त पुर्चौंडी बहुमुखी क्याम्पस २०६५ सालमा स्थापना भएको हो । उक्त क्याम्पसमा शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायमा स्नातक तहसम्मको पढाई हुने गरेको छ । शिक्षा शास्त्र संकायमा अंग्रेजी, नेपाली, जनसंख्या र अर्थशास्त्र मुख्य बिषय लिएर विद्यार्थीहरुले स्नातक तहमा अध्ययन गर्न पाउने क्याम्पस प्रमुख भण्डारीले बताए । 

विश्वविद्यालय अनुदान आयोगबाट क्युएएको प्रक्रियामा रहेको पुर्चौंडी बहुमुखी क्याम्पसको सर्वाङ्गीण विकासका लागि सबैबाट सहयोग अपेक्षा समेत गरेको क्याम्पस प्रमुख भण्डारीले बताए । 

पुर्चौंडी बहुमुखी क्याम्पसमा ५ सय विद्यार्थी अध्ययनरत रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update