Sagun Khabar
खेलाडी बागमती लावडको उपचारमा आर्थिक अभाव, सहयोग गरिदिन अपिल 

बैतडी–बैतडी घर भएकी खेलाडी बागमती लावडको उपचारमा आर्थिक अभाव भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका १० सतपाली घर भएकी १८ बर्षीया एथलेटिक्स, कबड्डी र भलिबलकी खेलाडी लावडको उपचारमा आर्थिक समस्या भएको उनको पारिवारिक श्रोतले जनाएको छ । 

टाउकोमा समस्या देखिएपछि लावडलाई अहिले भारतको नयाँदिल्लीस्थित वसन्तविहार अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।यसअघि भारतको पिथौरागढ र अल्मोडामा उपचार गराएकी लावडको स्वास्थ्यमा सुधार आउन नसकेपछि दिल्लीमा भर्ना गरेर उपचार भइरहेको हो । 

Atrya hospital

टाउकोमा मष्तिष्क घातको समस्या देखिएकी लावडको उपचारमा परिवारको आर्थिक अवस्थाले धान्न नसकिने अवस्था आएपछि सहयोगको अपिल गरिएको दशरथचन्द नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए । 

खेलमैदानमा आफ्नो उपस्थिती जनाउने बागमती अहिले अस्पतालको बेडमा भएकाले उनको जीवन रक्षाका लागि सहयोगको अपिल गरिएको उनले बताए । 

बागमतीको उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले तलको क्युआर स्क्यान गरेर सहयोग गर्न सक्नुहुनेछ । 

QR-final-1725186273.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update