Sagun Khabar
जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण 

बैतडी–बैतडीमा एकजना शिक्षकले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेका छन् । 

पञ्चेश्वर गाउँपालिकास्थित नागार्चन मावि रन्तोलीमा कार्यरत शिक्षक तेजराज भट्टले जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् । विद्यालयमा अध्ययनरत २० जना असहाय तथा टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको शिक्षक भट्टले बताए । 

Atrya hospital

जन्मदिनमा अन्य फँजुल खर्च गर्नुभन्दा बालबालिकाहरुलाई सहज होस भनेर शैक्षिक सामग्री वितरण गरेको उनले बताए । शैक्षिक सामग्रीको जोहो गर्न मुस्किल भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको भट्टले बताए । 

जन्मदिनको अवसरमा टुहुरा तथा असहाय विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नु राम्रो कार्य भएको नागार्चन मावि रन्तोलीका प्रधानाध्यापक गणेशसिंह भण्डारीले बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update