Sagun Khabar
कुशेऔंसीको अवसरमा आमाबुवाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना 

बैतडी–कुशेऔंसीको अवसरमा पारेर बैतडीमा एकजनाले आफ्ना दिवंगत आमाबुवाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिका ४ गोठलापानी निवासी धनीराम लुहारले आफ्ना आमाबुवाको सम्झनामा विरेन्द्र मावि शाहीलेकमा १ लाख ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । 

Atrya hospital

भौरे–सुनादेवी छात्रवृति अक्षयकोष नाम दिएर विद्यालयमा अक्षयकोष स्थापना गरिएको लुहारले बताए । उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमले हरेक बर्ष तीन जना गरिब बालबालिकाहरुलाई छात्रवृति प्रदान गरिने लुहारले बताए । तीनजना मध्ये दुईजना दलित समुदायका बालबालिका र एकजना अन्य समुदायको बालबालिकालाई छात्रवृति दिइने उनले बताए । 

आज विद्यालयमै पुगेर अक्षयकोषको रकम समेत हस्तान्तरण गरिएको लुहारले बताए । 

लामो समयदेखि समाजसेवामा क्रियाशील रहेका लुहारले गरिब समुदायका विद्यार्थीहरुलाई पठनपाठनमा केही सहज होस भनेर विद्यालयमा अक्षयकोष स्थापना गरिएको बताएका छन् । 

२०६१ सालमा राष्ट्रिय वाणिज्य बैंकको सहायक प्रबन्धक पदबाट सेवा निवृत भएपछि लुहार पछिल्लो समयमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।  
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update