Sagun Khabar
डिलाशैनीमा चर्मण्वती देउडा उत्सव हुने

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकामा चर्मण्वती देउडा उत्सव–२०८१ हुने भएको छ । गाउँपालिकाको वडा नम्वर ५ को आयोजना तथा राष्ट्रियता संरक्षण अभियान बैतडी र चौलानी सभ्यता विकास अभियान नेपालको प्रवद्र्धनमा उत्सव सञ्चालन हुने भएको हो ।

चर्मण्वती देउडा उत्सव भदौ १९ गतेदेखि ३ दिनसम्म सञ्चालन हुने डिलाशैनी गाउँपालिकाका प्रवक्ता तथा वडानम्बर ५ का वडाध्यक्ष यज्ञराज भट्टले जानकारी दिए । 

Atrya hospital

भदौ १९,२० र २१ गते डिलाशैनी गाउँपालिका ५ स्थित हरिनगर खेलमैदानमा देउडा उत्सव सञ्चालन हुने उनले बताए । 

उत्सवमा खुल्ला देउडा प्रतियोगिता, ठाडो खेल,ढुस्को,धुमारी, हुड्क्यौली नाचसहित तीजबिशेष सांस्कृतिक प्रस्तुति रहने राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले जानकारी दिए ।

स्थानीय संस्कृति र सभ्यताको संरक्षणका लागि देउडा महोत्सवले महत्वपूर्ण योगदान पुर्याउने डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । उत्सवमा सहभागिताका लागि सबैलाई आग्रह समेत गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update