Sagun Khabar
बझाङको तमैल बजार नजिकै सुख्खा पहिरो जाँदा  जयपृथ्वी राजमार्ग अबरुद्ध
Atrya hospital

बझाङ-  बझाङको जयपृथ्वी राजमार्ग अबरुद्ध भएको छ । आज बिहान साढे सात बजेतिर तमैल बजार नजिकै सुख्खा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो । राजमार्ग अबरुद्धका कारण जिल्ला बाट छुट्ने र जिल्ला भित्रिनी लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन भने यात्रुहरु अलपत्र परेका छन् ।

लगातार पहिरो खसिरहेका रहेका कारण सडक खुलाउन पनि समस्या भएको बस व्यावसायी जोग बहादुर दौल्यालले बताए । बिहान बझाङ बाट धनगढी, काठमाण्डौ, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका केही बसहरू पार भएको र केही बसहरू थन्किएको दौल्यालले बताए । सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update