Sagun Khabar
करेन्ट प्रकरण -  क्षतिपुर्ती सहित साढे ६ लाखको सहमति पछि सडक खुल्यो 

बैतडीबैतडीमा करेन्ट लागेर मृत्यु भएका १२ वर्षीय बालक बसन्त बोहराको परिवारसंग क्षतिपुर्ती सहित साढे ६ लाखको सहमति पछि सडक खुलेको छ। 

बालकको मृत्यु भएपछि हिजो दिउँसो साढे ४ बजेदेखि घटनाको पूर्ण जिम्मेवारी विद्युत वितरण केन्द्रले नै लिनुपर्ने माग सहित स्थानीयहरु आक्रेशीत भएर अबरुद्ध पारिएको खोडपे—बझाङ सडकखण्ड पीडित पक्षसंगको सहमति पछि खुलाएका छन । अबरुद्ध सडक खण्ड गएराती २ बजेदेखि खोलिएको हो । मृतक बालको परिवारलाई क्षतिपुर्ती बाफत पाउने ५ लाख र विद्युत कार्यालयले थप डेढ लाख सहित साढे ६ लाखको सहमतीपछि अबरुद्ध सडक खुलाइएको पीडित पक्षले बताएको छ ।  

Atrya hospital

 

विद्युत वितरण केन्द्रले लाईन विस्तारमा लापरवाही गरेर तानिएको तारमा छोइनगई बालकको मृत्यु हुनगएको भन्दै पीडितले विद्युत वितरण केन्द्रलाई आरोप लगाएका थिए । उक्त घटनामा सिगास गाउँपापलिका ९ बाच्पानी बस्ने दिपक बोहराका १२ वर्षीय छोरा बसन्त बोहराको शुक्रबार दिउँसो घरनजिकैको जंगलमा बाख्रा चराउन गएका बेला भुई नजिकैबाट तानिएको तारमा छोइनगई करेन्ट लागेर मृत्यु भएको हो ।  

पीडित पक्षले विद्युत वितरण केन्द्रको लापरवाहीबाट बालकको मृत्यु भएको भने पनि विद्युत वितरण केन्द्रको लापरवाहीबाट उक्त घटना भए नभएको एकिन गर्न छानबिन समिति बन्ने र सोही छानबिन समिति को प्रतिबेदन बाट घटनाको एकिन हुने विद्युत वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले बताए ।
 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update