Sagun Khabar
बैतडीको खोड्पेमा यही भाद्र २७,२८ र २९ गते देउडा प्रतियोगिता हुने

बैतडी- बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा देउडा प्रतियोगिता हुने भएको छ । बजार व्यवस्थापन समिति र वडा कार्यालयको सहकार्यमा यस वर्ष पनि देउडा प्रतियोगिताको आयोजना गरिन लागिएको वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । 

यही भाद्र २७,२८ र २९ गते हुने देउडा प्रतियोगितामा सहभागिता जनाउने देउडिया कलाकारहरुले भाद्र २६ गते साँझ ५ बजेसम्म नाम दर्ता गरिसक्नुपर्ने बताईएको छ । देउडिया कलाकारहरुका लागि दर्ता शुल्क रु ५ सय कायम गरिएको छ ।

Atrya hospital

देउडिया कलाकारहरुले नाम दर्ताको लागि बजार व्यवस्थापन समितिका अध्यक्ष राम बिष्ट(९८६५५३०६४६), बरिष्ट उपाध्यक्ष मोहन बिष्ट, (९८५८७५१२२२)लाई सम्पर्क गर्न सक्नेछन् । नाम दर्ता फोन मार्फत पनि हुने छ । देउडा प्रतियोगिता महिला पुरुष सयुक्त हुने बताईएको छ ।

कला संस्कृतिको संरक्षणमा टेवा पु¥याउने उदेश्यले प्रतियोगिताको आयोजना गरिन लागिएको खोडपे बजार व्यवस्थापन समितिका बरिष्ट उपाध्यक्ष मोहन सिंह बिष्टले बताए ।
पाटन नगरपालिका ८, ९ र १० भन्दा बाहिरका देउडिया कलाकारहरुका लागि आउन जानभाडासहित खान बस्नको व्यवस्था निशुल्क गरिने छ । पुरस्कार वितरणमा पनि प्रस्तुतीका आधारमा वितरण गर्ने उपाध्यक्ष मोहन बिष्टले बताए । सबै देउडिया कलाकारहरुलाई प्रस्तुतीका आधारमा नगदसहित सम्मानको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । 


खोडपेमा देउडा प्रतियोगिता निरन्तर गरिदै आएको र यसवर्ष पनि थप परिस्कृत गरी देउडा प्रतियोगिताको आयोजना गरिन लागिएको वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update