Sagun Khabar
बैतडीमा जिप दुर्घटना : चालकसहित पाँच जना घाइते 

बैतडी–बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका ८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सु.प.प्र.०१००ज १३५४ नम्बरको जिप मंगलबार बिहान सात बजेतिर दुर्घटनामा परेको हो । 

भित्री कच्ची सडकमा जिप दुर्घटना हुँदा चालक सुर्नया गाउँपालिका ७ का लालबहादुर कुँवर, सुर्नया ८ का २१ बर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ बर्षीय मानबहादुर महरा, ४० बर्षीय धनबहादुर महरा र १८ बर्षीया सविना महरा घाइते भएका छन् । 

Atrya hospital

घाइते मध्ये सविनालाई थप उपचारका लागि धनगढी लगिएको छ भने अरु घाइते डडेल्धुरा अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

जिप सडकबाट २० मिटर तल खसेको थियो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update