Sagun Khabar
दार्चुलाको मालिकार्जुन मावि धापमा विद्यार्थीहरुद्वारा तालाबन्दी, अंग्रेजी शिक्षकको माग 

दार्चुला –दार्चुलाको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । जिल्लाको महाकाली नगरपालिका वडा नं –७ धापस्थित मालिकार्जुन माविमा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । 

माध्यमिक तह कक्षा ११ र १२ मा अंग्रेजी बिषय अध्यापन गराउने शिक्षकको माग गर्दै विद्यार्थीहरुले बिहीबार बिहान विद्यालयको मूलगेटमा तालाबन्दी गरेका हुन् । 

Atrya hospital

मूलगेटमा तालाबन्दी भएपछि अन्य कक्षाको समेत पठनपाठन कार्य प्रभावित भएको छ । विगत ६ महिनादेखि विद्यालयमा अंग्रेजी बिषय अध्यापन गराउने शिक्षकको अभाव रहेको विद्यार्थीहरुले बताएका छन् ।

विद्यालयमा शिक्षक पदपूर्तीका लागि विज्ञापन आह्वान गरेपनि महाकाली नगरपालिकाले बिचमै विज्ञापन रद्द गरेको थियो ।

विद्यालयमा अंग्रेजी बिषयको शिक्षक व्यवस्थापन नहुँदा सम्म तालाबन्दी कायम रहने आन्दोलनरत विद्यार्थीहरुले बताएका छन् । उनीहरुले आफ्ना मागका बिषयमा सुनुवाई नभएमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।   
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update