Sagun Khabar
दार्चुलामा जिप दुर्घटना : १० जना घाइते 

दार्चुला –दार्चुलामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । 

गोकुलेश्वरबाट दार्चुला सदरमुकामतर्फ गइरहेको से १ ज १०२२ नम्बरको जिप मालिकार्जुन गाउँपालिका ७ धामीगडा भन्ने स्थानमा दुर्घटनामा परेको हो । 

Atrya hospital

बिहीबार साढे १२ बजेको समयमा जिप अनियन्त्रित भइ नालीमा खस्दा जिपमा सवार १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए । 

घाइते सबैको जिल्ला अस्पातल दार्चुलामा उपचार भइरहेको छ । घाइतेहरुको परिचय खुल्न बाँकी रहेको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update