Sagun Khabar
बैतडीका तीन पालिकामा मन्त्रालयले नयाँ अधिकृत खटायो,सुर्नयामा ज्योतीकुमारी बोहरा 

बैतडी–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका तीनसहित एक सय पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका विभिन्न सय गाउँपालिकाहरुमा बुधवार सय जना शाखा अधिकृतहरुलाई पदस्थापन गरेको हो । 

Atrya hospital

स्टाफ कलेजको ६ महिना तालिम सकेका १ सय अधिकृतलाई विभिन्न गाउँपालिकामा खटाइएको हो । 

बैतडीका सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । 

सुर्नया गाउँपालिकामा ज्योतीकुमारी बोहरालाई खटाइएको छ भने शिवनाथ गाउँपालिकामा सरोज पाण्डेयलाई खटाइएको छ ।यस्तै पञ्चेश्वर गाउँपालिकामा महेश पार्कीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ । 
सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाको सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको थियो । मन्त्रालयले बोहरालाई खटाएसंगै पालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । 

शिवनाथ गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका छन् भने पञ्चेश्वर गाउँपालिकामा स्थानीय तर्फबाट अधिकृत कृष्णबहादुर बोहरा काम गर्दै आएका छन् । 
ती दुई गाउँपालिकामा पनि मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको हो । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update