Sagun Khabar
पहिरोले सुदूरपश्चिमका भीमदत्त, केआइसिंह र जयपृथ्वी राजमार्ग अवरुद्ध 

बैतडी–भारी वर्षाका कारण खसेको पहिरोले सुदूर पहाडका तीनओटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । भीमदत्त राजमार्ग, केआइसिंह राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका प्रहरीले जनाएको छ । 

भारी बर्षाका कारण भीमदत्त राजमार्गको ठाउँठाउँमा पहिरो खसेको छ । राजमार्ग अन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ साहुखर्कमा पहिरो खसेको छ भने अमरगढी नगरपालिका ६ भालुमारेमा पनि पहिरो खसेको छ । पहिरोका कारण भीमदत्त राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

Atrya hospital

यस्तै केआइसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ रडुवामा पहिरो खसेको छ । पहिरोका कारण डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएको बताइएको छ । 

यस्तै जयपृथ्वी राजमार्ग अन्तर्ग बझाङको जालेबगर, बालुबटार, भ्यागुते खोला लगायतका ठाउँमा सडक अवरुद्ध भएको छ ।

राजमार्गहरु बन्द हुँदा सवारी साधन बीचबाटोमै रोकिएका छन् । लगातारको भारी बर्षाले जनजीवन अस्तव्यस्त भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update