Sagun Khabar
बैतडीको सुर्नया–५ धुलिधारमा एक घर पहिरोको उच्च जोखिममा 
Atrya hospital

बैतडी–लगातारको भारी बर्षाका कारण खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका ५ धुलिधारमा एक घर पहिरोको उच्च जोखिममा परेको छ ।स्थानीय मीनबहादुर बिष्टको घर पहिरोको उच्च जोखिममा परेको हो । 

शुक्रबार बिहान १० बजेतिर घरमाथिबाट खसेको पहिरोले घरको भित्तामा आंशिक क्षति पुर्याएको स्थानीय रमेश बिष्टले जानकारी दिए । बर्षा नरोकिएकाले थप पहिरो जान सक्ने सम्भावना रहेको उनले बताए । 

यस्तै सोही ठाउँका अन्य ५ घर पनि पहिरोको जोखिममा रहेका स्थानीयहरुले बताएका छन् । लगातारको भारी बर्षाले ठाउँठाउँमा पहिरो खसेको स्थानीय चन्द्रबहादुर बिष्टले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update