Sagun Khabar
बैतडीमा हावाहुरीले एक विद्यालय भवनको छानो उडायो 

बैतडी–बर्षासंगै आएको हावाहुरीले बैतडीमा एक विद्यालय भवनको छानो उडाएको छ । जिल्लाको पाटन नगरपालिका ८ खोड्पेस्थित सिद्धदीप आधारभूत विद्यालय भवनको छानो उडाएको हो । 

शुक्रबार बिहान बर्षासंगै आएको हावाहुरीले विद्यालयको दुईकोठे भवनको छानो उडाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बिष्टले जानकारी दिए । जस्तापाताले छाएको दुई कोठे भवनको छानो आंशिक रुपमा उडाएको र थप जोखिम सिर्जना भएको उनले बताए । 

Atrya hospital

कक्षा ८ सम्मको पढाई हुने सिद्धदीप आधारभूत विद्यालयमा भवनको छानो हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या हुने भएको छ । 

बैतडीमा बुधबार रातिदेखिको बर्षाले विभिन्न ठाउँमा क्षति पुर्याएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update