Sagun Khabar
पहिरोले दशरथचन्द राजमार्ग र महाकाली लोकमार्ग अवरुद्ध 
फोटो:दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलामा खसेको पहिरो

बैतडी–लगातारको बर्षाका कारण खसेको पहिरोले दशरथचन्द राजमार्ग र महाकाली लोकमार्ग अवरुद्ध भएका छन् । 

दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । उक्त सडक अवरुद्ध हुँदा बैतडी सदरमुकामका लागि छुटेका सवारी साधन र सदरमुकामबाट छुटेका सवारी साधन बीचबाटोमै रोकिएका छन् । 

Atrya hospital

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । 

यस्तै महाकाली लोकमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ६ सल्सेना, दोगडाकेदार गाउँपालिका–४ सिल्लेकमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

महाकाली लोकमार्ग अवरुद्ध हुँदा बैतडीबाट दार्चुलातर्फ जाने, तराईबाट दार्चुलाका लागि छुटेका र दार्चुलाबाट बैतडीसहित तराईका जिल्लाका छुटेका सवारी साधन बीचबाटोमै रोकिएका छन् ।  

1-1726228175.jpg
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update