Sagun Khabar
पहिरोले बैतडीका विभिन्न स्थानमा क्षति 

बैतडी –लगातारको बर्षासंगै खसेको पहिरोले बैतडीका विभिन्न स्थानमा क्षति पुर्याएको छ । बुधबार रातिदेखि अविरल बर्षाका कारण खसेको पहिरोले सुर्नया गाउँपालिका वडा नं ६ धुलिधारका अम्बादत्त पन्तको घर जोखिममा परेको हो । 

घरको आँगनबाट खसेको पहिरोले बारीमा लगाएको बन्दा नष्ट गरेको छ भने पानीको धारामा समेत क्षति पुगेको छ । 

Atrya hospital

यस्तै बैतडीको पाटनमा सञ्चालनमा रहेको महिला सुरक्षित आवास गृहको भवन पहिरोको जोखिममा परेको छ । भवनको माथिबाट खसेको पहिरोले झ्यालको सिसा फुटाउनुका साथै कोठाभित्र पानी पसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

यस्तै पहिरोले मेलौली नगरपालिका ६ हतरंगामा दुई घर जोखिममा परेका छन् । घरमाथिबाट खसेको पहिरोले स्थानीय जयदत्त भट्ट र धर्मानन्द भट्टको घर जोखिममा परेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update