Sagun Khabar
बैतडीमा विद्युत सेवा अवरुद्ध 

बैतडी–बैतडीमा विद्युत सेवा अवरुद्ध भएको छ । बुधबार रातिदेखिको बर्षाका कारण विद्युतीय संरचनाहरुमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । 

विद्युत सेवा सुचारु गर्ने प्रयास भएपनि बर्षाका कारण समस्या भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । 

Atrya hospital

जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ४ बसाली र पाटन नगरपालिका ६ मानिकाखानमा पोल ढलेपछि विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको पौडेलले बताए । पोल ढलेका ठाउँमा मर्मत कार्य सम्पन्न भएपछि मात्रै विद्युत सेवा सुचारु हुने उनले बताए । 

विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् । केही ठाउँमा बुधबार रातिदेखि नै विद्युत सेवा अवरुद्ध भएको छ । सदरमुकाम र आसपासमा आंशिक रुपमा विद्युत सुचारु भएपनि आज दिउँसोदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update