Sagun Khabar
बैतडीको नागार्जुनमा पाँच घर पहिरोको उच्च जोखिममा
Atrya hospital

बैतडी–लगातारको बर्षाका कारण खसेको पहिरोले बैतडीमा पाँच घर उच्च जोखिममा परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–११ नागार्जुन पड्याबाज भन्ने स्थानमा पाँच घर पहिरोको जोखिममा परेका हुन् । 

शुक्रबार दिउँसो घरको आँगन पहिरोले लगेपछि स्थानीय खिमानन्द पन्त, गुमानी पन्त, केशवदत्त पन्त, रगीदत्त पन्त र गोपालदत्त पन्तको घर पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

अहिले पाँचै जनाको परिवार आफन्तको घरमा बसीरहेका छन् । पहिरोले घर भत्कनसक्ने सम्भावना रहेकाले उनीहरु आफन्तको घरमा बसीरहेका हुन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update