Sagun Khabar
कञ्चनपुरमा नदीमा डुबेर एक बालिकाको मृत्यु

कञ्चनपुर –कञ्चनपुरमा नदीमा नुहाउने क्रममा १३ वर्षीया बालिकाको मृत्यु भएको छ ।

जिल्लाको बेदकोट नगरपालिका–३ चौरीकी लक्ष्मी भुलको चौधर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Atrya hospital

यस्तै कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–११ सिसैयाकी ५६ वर्षीया किष्नी चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा मोटर चलाएर कपडा धुने क्रममा चौधरीलाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते भएकी चौधरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update