Sagun Khabar
सुनको भाउ अहिलेसम्मकै उच्च 
Atrya hospital

काठमाण्डौ – सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको एक लाख ५६ हजार आठ सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको हो ।

यसअघि सुनको भाउको उच्च भाउ गएको शुक्रवार तोलाको एक लाख ५६ हजार तीन सय रुपैयाँ रहेको थियो । आज सुनको भाउ पाँच सय रुपैयाँले बढेर कीर्तिमान बनाएको हो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ४० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update