Sagun Khabar
बैतडीसहित सुदूर पहाडका तीन जिल्लामा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध 
Atrya hospital

बैतडी–बैतडीसहित सुदूरपश्चिमका तीन जिल्लामा शनिबारदेखि अवरुद्ध भएको नेपाल टेलिकमको सेवा अझै सुचारु भएको छैन् । बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा शनिबार दिउँसोदेखि अवरुद्ध रही आएको छ । 

बैतडीको अनारखोलीमा अप्टिकल फाइबर ब्रेक भएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएपछि हजारौं ग्राहक मारमा परेका छन् । 

टेलिकमको सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्क टुटेको धेरै ग्राहकहरुले गुनासो गरेका छन् । सेवा सुचारु गर्न ढिलाई भएको भन्दै उनीहरुले आक्रोश समेत पोखेका छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update