Sagun Khabar
बैतडीको दशरथचन्द नगरपालिकामा भोलि सार्वजनिक बिदा 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकामा भोलि सार्वजनिक बिदा दिइएको छ । 

नगरपालिकाको वडा नं २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्राका लागि स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । 

Atrya hospital

निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला आइतबारदेखि शुरु भइसकेको छ । जात्राको मुख्य दिन भोलि असोज १ गते मंगलबारका दिन सार्वजनिक बिदा दिइएको हो । 

जात्राका अवसरमा नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । 
Dcm-1726452170.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update