Sagun Khabar
कैलालीका विभिन्न स्थानबाट ४ लाख बढीका भन्सार छलीका सामग्री बरामद 

कैलाली –कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामग्री बरामद गरिएको छ । धनगढी, अत्तरिया र कैलारीबाट ४ लाख २३ हजार रुपैयाँ मूल्य बराबरका अवैध सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । 

सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याएका अवैध सामग्री बरामद गरिएको भएपनि सो कार्यमा संलग्न व्यक्ति भने पक्राउ परेका छैनन् । 

Atrya hospital

धनगढी उपमहानगरपालिका वडा नम्बर २, १३ र १९ बाट करीब ३ लाख ८६ हजार ५५० रुपैया मूल्य बराबरका विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जा, सूर्तीजन्य पदार्थ र बोइलर कुखुरा नियन्त्रणमा लिएको छ ।

उता कैलारी गाउँपालिका–३ हनुमान मन्दिरबाट करिब १२ हजार ९२० रुपैयाँ मूल्य बराबर अवैध सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update