Sagun Khabar
सुनको भाउमा नयाँ कीर्तिमान, तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुग्यो 
Atrya hospital

काठमाण्डौं  – सुनको भाउमा दिनदिनै नयाँ कीर्तिमान बन्न थालेको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको छ ।

हिजो पनि सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५६ हजार आठ सय रुपैयाँ रहेको थियो । सुनको भाउ हिजोको तुलनामा आज पाँच सय रुपैयाँले बढेर हिजोको रेकर्ड तोडिएपछि आज नयाँ कीर्तिमान कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update