Sagun Khabar
डडेल्धुरा अस्पताल विकास समितिका तत्कालिन अध्यक्ष सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर 
Atrya hospital

डडेल्धुरा –डडेलधुरा अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा उनीविरुद्ध सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । डडेलधुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन र नियुक्ति हुनका लागि उनले इन्टरमिडियट र स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएको अभियोग पत्रमा उल्लेख छ ।

सिंहमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको माग दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update