Sagun Khabar
सहकारी ठगीमा संलग्न नरहेको रवि लामिछानेको जिकिर 
Atrya hospital

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको दाबी गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार आफू सहकारी ठगीमा संलग्न नभएको पुष्टि भएको दाबी गरेका हुन् । 

लामिछानेले सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा आफू प्रबन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको बताए । उनले गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमी, कमजोरीहरूको भने आफू भागीदार हुने उल्लेख गरे ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update