बैतडी–बैतडीको दशरथचन्द नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।
नगरपालिकाको वडा नं २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्राका लागि स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला आइतबारदेखि शुरु भइसकेको छ । जात्राको मुख्य दिन आज मंगलबारका दिन सार्वजनिक बिदा दिइएको हो ।
जात्राका अवसरमा नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१ ०७:४३
प्रतिक्रिया दिनुहोस्