Sagun Khabar
सहकारी प्रकरणमा सरकार कानुन अनुसार अघि बढ्छ : मन्त्री सिंह 

कैलाली – उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्ने बताएका छन् । संसदीय समितिले बुझाएको प्रतिवेदनमा उल्लेख भए अनुसार सरकार अघि बढ्ने उनले बताए । 

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले संसदीय समितिले गहिरो अध्ययन गरेर प्रतिवेदन ल्याएको बताउँदै त्यसअनुसार नै कानुनी कारबाही अघि बढ्ने बताएका हुन् । 

Atrya hospital

मुलुकको स्थायित्व र विकासका लागि दुई ठूला दल मिलेर सरकार बनेको उपप्रधानमन्त्री सिंहको भनाइ छ । 

देशमा व्यवस्था र अवस्थामा धेरै परिवर्तन भएको बताउँदै उनले केही दलविरोधिहरुले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको गलत प्रचार गरिरहेको आरोप लगाए ।

उनले नेपाली कांग्रेस एकजुट रहेको र अहिले कांग्रेस सत्ता सञ्चालनसँगै संगठन विस्तारमा पनि देशभर सक्रिय भएर लागेको दाबी गरे । 

मन्त्री सिंह धनगढी उपमहानगरपालिकाको दशौँ स्थापना दिवसमा प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update