Sagun Khabar
बैतडीको सल्सेनामा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध 
Atrya hospital

बैतडी–पहिरोका कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सल्सेनामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

लोकमार्ग अवरुद्ध हुँदा बैतडीसहित तराइँबाट दार्चुलाका लागि छुटेका सवारी साधन र दार्चुलाबाट अन्यत्रका लागि छुटेका सवारी साधन बीचबाटोमै रोकिएका छन् । 

आज दिउँसो १ बजेतिर खसेको पहिरो पन्छ्याउनका लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update