Sagun Khabar
जमीन भासिएपछि बैतडीको शिखरपुर स्वास्थ्यचौकीको भवन जोखिममा 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका –७ स्थित शिखरपुर स्वास्थ्यचौकीको भवन जोखिममा परेको छ । जमीन भासिएपछि स्वास्थ्यचौकी भवन भत्कने जोखिम बढेको स्वास्थ्यचौकी प्रमुख बीरबहादुर बोहराले बताए । 

चार बर्ष अघिमात्रै १ करोड ८४ लाखको लागतमा निर्माण गरिएको स्वास्थ्यचौकीको भवन रहेको जमीन भासिएपछि भवन भत्किने जोखिम बढेको हो । 

Atrya hospital

भदौ अन्तिम साता परेको भारी बर्षाका कारण जमीन भासिएको र जमीन भासिँदा भवनमा चिरा परेको स्वास्थ्यचौकी प्रमुख बोहराले बताए । 

कर्मचारी आवासहितको उक्त भवनको फाउण्डेसनमा चिरा परेपछि त्यहाँ बस्ने स्वास्थ्यकर्मीहरुलाई जोखिम भएको स्वास्थ्यचौकी प्रमुख बोहराले बताए । 

स्वास्थ्यचौकी भवन तलतिर जमीनपनि भासिएको स्वास्थ्यचौकी प्रमुख बोहराले बताए । १२ कोठे नयाँ भवनमा जमीन भासिएर चिरा परेपछि स्वास्थ्य सेवा प्रदान गर्न समेत समस्या भइरहेको बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update