Sagun Khabar
बैतडीको पाटनमा अम्मरराज जोशी र पुर्चौंडीमा जगदीश जोशी प्रमुख प्रशासकीय अधिकृत

बैतडी–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीको पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । 

जिल्लाको पाटन नगरपालिकामा बझाङको बुंगल नगरपालिकामा कार्यरत अम्मरराज जोशीको सरुवा गरेको छ । गएको भदौ ३१ मा जोशीको बुंगलबाट पाटनमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । 

Atrya hospital

पाटनका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीको दोहरो जिम्मेवारी रद्ध गरेपछि पाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको थियो । 

यस्तै पुर्चौंडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जगदीशप्रसाद जोशीलाई खटाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अतिरिक्त समूहमा रहेका शाखा अधिकृत जोशीलाई पुर्चौंडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो । 

गएको भदौ १९ गते जोशीलाई पुर्चौंडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको मन्त्रालयले जनाएको छ । जोशी यसअघि दशरथचन्द नगरपालिकाबाट सरुवा भएका थिए । उनले बैतडीको मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् ।  
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update