Sagun Khabar
दशरथचन्दमा एमालेको दुई दिने प्रशिक्षण शुरु 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकामा एमालेको दुई दिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ । एमालेको जिल्ला पार्टी कार्यालयमा आजदेखि दुई दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुरु भएकाले एमाले दशरथचन्द नगर कमिटि अध्यक्ष मनोज बोहराले जानकारी दिए । 

प्रशिक्षणमा दशरथचन्द नगरपालिकाका ११ ओटै वडाका वडा कमिटि पदाधिकारी, नगर कमिटिका पदाधिकारी र सदस्यहरु तथा जिल्ला सल्लाहकारहरुको सहभागिता रहेको छ । 

Atrya hospital

प्रशिक्षण कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज लिलाधर भट्ट, जिल्ला अध्यक्ष नरेशकुमार विक, जिल्ला कमिटि सचिवालय सदस्य निर्मल पाण्डेय, दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी लगायतले प्रशिक्षण दिइरहेका छन् । 

प्रशिक्षणमा एमाले नीति, सिद्धान्त, संगठन विस्तार लगायतका बिषयमा छलफल र प्रशिक्षण भइरहेको नगर कमिटि अध्यक्ष बोहराले बताए । 

एमाले नगर कमिटिका अध्यक्ष मनोज बोहराको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रम उद्दघाटन समारोहमा केन्द्रीय सदस्य लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए । उद्दघाटन सत्रमा एमालेका प्रदेश कमिटि सदस्य महादेव भट्ट, बिष्ना चन्द लगायतको समेत सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update