Sagun Khabar
दार्चुलामा भन्सार छलीका सामग्री बरामद 
Atrya hospital

दार्चुला –दार्चुलामा ५ लाख बढीको भन्सार छलीको सामग्री बरामद गरिएको छ ।

जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्गरुस्थित महाकाली नदी किनारबाट अन्दाजी ५ लाख ८२ हजार २ सय मुल्य बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

भारतबाट भन्सार छली ल्याएका मिश्री, गुड, नरिवल, बिस्कुट, सलाई, बेसार, धुलो खुर्सानी, झोला, त्रिपाल लगायतका सामान प्रहरी चौकी सितापुल र सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मबाट संयुक्त रुपमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो । 
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update